गण्डकीसँग पराजित भएको हेल्प नेपाल सेमिफाइनलमा प्रवेश
पाेखरा | माघ ३, २०८०
पोखरा: पोखरामा जारी चौथो टाइगर कप भलिबल प्रतियोगितामा लिगचरणको आफ्नो अन्तिम खेलमा गण्डकी प्रदेशसँग पराजित भएको हेल्प नेपाल स्पोर्टस क्लब काठमाडौं सेमिफाइनलमा प्रवेश गरेको छ ।
पोखरा रंगशालाको भलिबल कोर्टमा भएको प्रतिस्पर्धात्मक खेलमा गण्डकीसँग हेल्प नेपाल ३–२ को सेटमा पराजित भएको हो । तीन÷तीन जना विदेशी खेलाडी लिएर दुवै टोलि भलिबल कोर्ट उत्रिएका थिए ।
हेल्प नेपाललाई २५–२२, १५–२५, २५–१७, २२–२५ र १५–१२ ले पराजित गरेको हो । गण्डकीले यस खेलमा २ अङ्क जोड्दा हेल्प नेपालले १ अङ्क खोज्न सफल भयो । हेल्प नेपालले लिगचरणको आफ्नो पहिलो खेलमा त्रिभुवन आर्मी क्लबलाई ३–१ को सेटमा पराजित गरेको थियो । समूह ‘ए’ मा रहेको हेल्प नेपालको ४, गण्डकीको २ अङ्क छ भने, त्रिभुवन आर्मी क्लबले अङ्क जोड्न सकेको छैन् । गण्डकी प्रदेश र त्रिभुवन आर्मी क्लबको खेल लाइट प्रोस्टेटको कारण स्थगित भएको थियो ।
यस्तै पोखरा रंगशालाको भलिबल कोर्टमा भएको समूह ‘बी’बाट नेपाल एपिएफ क्लब र आमन्त्रित श्रीलंकाको आर्मी सेमिफाइनलमा प्रवेश गरेको छ । आज भएको लिगको अन्तिम खेलमा नेपाल पुलिस क्लबले श्रीलंकाको आर्मीलाई ३–१ को सेटमा पराजित गरे पनि पुलिस समूह चरणबाट नै बाहिरिएको छ ।
यस्तै महिलातर्फ भने सेमिफाइनलको समिकरण पूरा भएको छ । महिलातर्फको पहिलो सेमिफाइनलमा समूह ‘ए’को समूह विजेता नेपाल एपिएफ क्लब र समूह ‘बी’को उपविजेता त्रिभुवन आर्मी क्लब र दोस्रो सेमिफाइनलमा समूह ‘बी’को विजेता न्यु डायमण्ड र समूह ‘ए’को उपविजेता नेपाल पुलिस क्लबबीच प्रतिस्पर्धा हुनेछ ।
टाइगर ग्रुप अफ पोखरा नेपालको आयोजनामा पोखरामा जारी चौथो टाइगर कप राष्ट्रिय तथा अन्तर्राराष्ट्रिय आमन्त्रित खुला क्लब च्याम्पियनसिप महिला तथा पुरुष भलिबल प्रतियोगितामा प्रतियोगितामा महिला र पुरुषतर्फ ६÷६ टिमको सहभागिता रहेको छ । लिककम नकआउटको आधारमा सञ्चालित प्रतियोगितामा महिला÷पुरुषतर्फ नै दुई÷दुई समूहमा तीन÷तीन टिम रहेका छन् ।
प्रतियोगितामा महिला तथा पुरुषतर्फ उपाधि विजेता टिमले ट्रफी, मेडल तथा प्रमाणपत्रसहित समान नगद रु ५ लाख ५५ हजार ५ सय ५५ र उपविजेता टिमले समान नगद रु २ लाख ५५ हजार ५ सय ५५ तथा तेश्रो हुने टिमले १ लाख २५ हजार ५ सय ५५ प्राप्त गर्नेछन् । उत्कृष्ट महिला तथा पुरुष खेलाडीहरुले जनही नगद २५–२५ हजार र अन्य विद्यागत रुपमा उत्कृष्ट हुने खेलाडीहरुले करिब १५ हजार बराबरको गिफ्ट ह्याम्पर प्राप्त गर्ने छन् ।
पोखरा - नेपाल पत्रकार महासंघ कास्की शाखाले आफ्नो स्थापनाको ५० औँ वर्ष (स्वर्ण जयन्ती) लाई वर्षभरि नै विविध कार्यक्रमका साथ मनाउने घोषणा गरेको छ । नेपाल पत्रकार महासंघ, कास्कीले बु...
पोखरा— जिल्ला प्रहरी कार्यालय कास्कीले लागूऔषधसहित एक जनालाई पक्राउ गरेको छ। पोखरा ९ रंगशाला गेट क्षेत्रबाट लागूऔषध बिक्री–वितरण भइरहेको भन्ने गोप्य सूचनाका आधारमा जिल्ला प्रहरी कार्याल...
राष्ट्रिय स्वतन्त्र पार्टीका नवनिर्वाचित सभापति रवि लामिछानेले आफूलाई अपरिपक्व हुने छुट नभएको बताएका छन्। चितवनमा पद तथा गोपनियता शपथ लिएपछि उनले परिस्थितिले आफूलाई बढी जिम्मेवार बनाएको बताएका हु...

